सुनसरी घटनाबारे उच्चस्तरीय समीक्षा गर्न समितिको बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकारले आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।

गृह मन्त्रालयको अध्यक्षतामा बस्ने बैठकमा सुनसरी घटनाका साथै देशभरको शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गरिनेछ । साथै, आगामी रणनीतिबारे पनि छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि सहभागी हुनेछन् ।

यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । त्यसपछि घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यस घटनापछि सरकारले सुरक्षा अवस्था समीक्षा गर्न उच्चस्तरीय बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?