काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ । बैठकमा चिकित्सा शिक्षा ऐनको कार्यान्वयन, आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना तथा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागसँग सम्बन्धित विषयमा छलफल हुने भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाबारे समीक्षा तथा छलफल गरिनेछ ।
यस्तै, बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित केन्द्रीय इतिहास विभागका पदाधिकारीसँग विभिन्न नीतिगत तथा शैक्षिक विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया