डलर साटिदिने भन्दै ठगी गरेपछि…

लोकपथ
21
Shares

काठमाडौं । डलर साटिदिने भन्दै प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा र ३७ वर्षीय विजय तामाङ रहेका छन् ।

उनीहरुको साथबाट तीन लाख ८४ हजार, अमेरिकी डलर ५० दरको एक थान, सुनको बेरुवा औँठी एक थान, ब्रासलेट एक थान, रिङ एक थान र तिलहरी एक थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेकामध्ये धनबहादुरविरुद्ध विभिन्न मितिमा ठगीसम्बन्धी कसुरमा छ वटा मुद्दा दर्ता र लोकबहादुरविरुद्ध विभिन्न मितिमा खोटा चलन, अभद्र व्यवहार, ठगी मुद्दा दर्ता भएको र बैङ्किङ कसुर मुद्दामा फरार देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?