महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सबाट सम्मानित

लोकपथ
7
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको इन्डियन चेम्ब्।र अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।

बैंकले ‘राईजिङ्ग स्टार– ग्रोथ’ अन्तर्गतको विधामा यो सम्मान पाएको हो ।

गत वर्ष बैंक ‘सम्पती गुणस्तर’ अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।

जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित ‘चौथो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।

बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो । डिजिटल बैकिङ्ग सेवामा विस्तार, नविन वित्तीय उत्पादनहरुको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैकिङ्गमा उत्कृट कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ । यस अवार्डको प्राप्तीसँगै अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले हालै मात्र काठमाडौंको काठमाडौं महानगर–३० ज्ञानेश्वरमा कफि लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?