अनशनरत डा. गोविन्द केसीसँग वार्ताका लागि धनगढी पुगे शिक्षा सचिव

लोकपथ
0
Shares

काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल आज कैलालीको धनगढी पुगेका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने तयारी रहेको शिक्षामन्त्री पोखरेललको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?