धुलिखेल । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा एक युवक मृत फेला परेका छन् । रिसोर्टको स्वीमिङ पुलमा करेन्ट सट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बेलुकी पौडी खेलिरहेका काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी २९ वर्षीय डेनिस प्रधान स्वीमिङ पुलमै मृत अवस्थामा फेला परेका हुन् । घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
मृतकका आफन्तले रिसोर्टको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन् । घटनापछि पीडित पक्ष र रिसोर्ट व्यवस्थापनबीच छलफल भइरहेको छ ।
घटनाको वास्तविक कारण खुलाउन प्रहरीले प्राविधिक तथा अन्य आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया