काठमाडौं । ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमासम्बन्धि कसुरमा झापा भद्रपुरकी ३९ वर्षीया मृदुला सरिया पक्राउ गरेको हो ।
सरियालाई काठमाडौंको सानोगौचरनबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ ।
उनी ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिका सञ्चालक र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकी सञ्चालक समेत हुन् ।
उनलाई काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया