मुख्यमन्त्री कमलबहादुर शाहले गरे कांग्रेसको सक्रिय सदस्यता नवीकरण

लोकपथ
133
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन् ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सक्रिय सदस्यता नवीकरण गरेका हुन् ।

कांग्रेस स्रोतका अनुसार शाहले साउन ३ गते नै सदस्यता अध्यावधिक प्रक्रिया पूरा गरेका थिए उनको सक्रिय सदस्यता (एनसीआईडी) नम्बर ७६३७४९१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?