काठमाडौं । कुकुरको खानेकुरा भन्दै अष्ट्रेलिया पठाउन लागिएको चुरोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।
आइतबार विमानस्थलको कार्गो कम्प्लेक्स भवन का एजेण्ट अभिनव राईमार्फत् अष्ट्रेलियास्थित सौरभ भण्डारीको नाममा ३५ वटा कार्गो पोका पठाउन लागिएको थियो ।
तर त्यसमध्ये ३२ नं पोकामा डग च्यू अर्थात् कुकुरको खाना उल्लेख गरिएको थियो । तर विमानस्थलको भन्सार तथा प्रहरीको संयुक्त टोलीले एक्सरे स्कृनिङ गरी जाँच गर्दा अवैध रुपमा भन्सार घोषणा नगरी अष्ट्रेलिया निर्यात गर्न लागिएका नेपाली र भारतीय ब्राण्डको चुरोट बरामद गरिएको हो ।
विमानस्थल प्रहरीका अनुसार क्लासिक डबल बडस्ट, मेड इन इण्डिया लेखिएको चुरोट ३४ बण्डल (प्रति बण्डल १० प्याकेट रहेको ३४ बण्डल ३४० प्याकेटको भारतीय मूल्य १ लाख ६३ हजार २०० सय रहेको छ ।
यसैगरी गोल्ड फ्लेक नाम लेखिएको चुरोट ३ बण्डल (प्रति बण्डल १० प्याकेट रहेको ३ बण्डलको ३० प्याकेटको नेपाली रुपैयाँ १० हजार ५०० रहेको छ ।)
यसैगरी सिखर आइस रस नामक ३१ बण्डल चुरोट, प्रतिबण्डल १० प्याकेट रहेको ३१ बण्डलको ३१० प्याकेट प्रति प्याकेट २७० को दरले ८३ हजार ७ सय मूल्य रहेको छ । यसैगरी कुल मूल्य २ लाख ५७ हजार ४ सय हुन आउने चुरोट बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीले अष्ट्रेलिया पठाउन लागिएका ३५ वटा कार्गो पोका नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा प्रचलित कानुन बमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया