राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिको बैठक आज बस्ने भएको छ । समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्य तथा सम्बन्धित सरोकारवालालाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक आज दिउँसो २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध तथा विविध विषयमा छलफल हुने समितिले जनाएको छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३७ औँ बैठक दिउँसो १:०० बजे सिंहदरबारस्थित समितिको हलमा आयोजना हुनेछ । बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा तथा अन्य विविध विषयमा छलफल गरिने बताइएको छ ।

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सोमबार बिहान ११:०० बजे समितिको बैठक कक्षमा बस्नेछ ।

उक्त बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गरिनेछ । साथै, अन्य विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?