लेन मिच्दा नारायणगढ–मुग्लिङ सडक खण्डमा दुई बस ठोक्किए, खुलेलगत्तै सडक फेरि अवरुद्ध

लोकपथ
0
Shares

चितवन । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे नजिकै दुईवटा बस ठक्कर खाँदा दुई दर्जन बढी यात्रु घाइते भएका छन् । 

आज बिहान ७ः१० बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलबिरेस्थित मुग्लिङ नारायणगढ सडक खण्डमा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस र सोही दिशाबाट अन्दाजी २५/२६ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

दुर्घटनापछि दुवै बस र ट्रक घटनास्थलमा रहेकाले दुईतर्फी बाटो अवरुद्ध भएकोमा खुलाउने पहल भइरहेको जनाइएको छ ।

सो स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो ।

सडक खुला भएलगत्तै सवारी साधनहरूले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?