काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्ने भएका छन् ।
केही समयपछि हुने उक्त छलफलमा महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्ने विषयमा विस्तृत संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
उनका अनुसार छलफलमा महिला उद्यमी महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमार्फत महिला उद्यमीहरूले भोगिरहेका समस्या, निजी क्षेत्रका अपेक्षा तथा महिला उद्यमशीलतालाई थप प्रोत्साहन गर्न आवश्यक नीतिगत सुधारका विषयमा सुझाव संकलन गरिनेछ । साथै, उद्योग तथा व्यवसायमा महिलाको नेतृत्व र सहभागिता बढाउने उपायबारे पनि छलफल केन्द्रित रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया