काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
सोमबार ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया