खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

लोकपथ
7
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकका अनुसार ग्राहकको खाताबाट काटिएको करको विवरण आयकर ऐन, २०५८ अनुसार आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो ।

ग्राहकले बैंकको अनलाइन पोर्टल वा एनआईसी एसिया मोबाइल बैंकिङ एपमा रहेको ‘PAN Update’ विकल्प प्रयोग गरेर सहजै आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् ।

यसका साथै, नजिकको एनआईसी एसिया बैंकको कुनै पनि शाखामा गएर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?