काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई ३–१ ले पराजित गरेको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भएका खेलमा अर्जेन्टिना विजयी भएको हो ।
खेलको १० औं मिनेटमा म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६७ औं मिनेटमा स्विजरल्याण्डका डान एनडोएले सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरी गोल गरेको केही मिनेटमै (७२ औं मिनेटमा) स्विजरल्याण्डका मुख्य स्ट्राइकर ब्रेएल एम्बोलोले ’डाइभ’ गरेको भन्दै दोस्रो पहेँलो कार्ड (रातो कार्ड) पाएपछि स्वीस टोली संकटमा परेको थियो ।
निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा अर्जेन्टिनाले ११२औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेको थियो । आजको खेलमा लियोनल मेस्सीको तर्फबाट गोल हुन सकेन ।
अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया