यु–१९ एसिया कप क्रिकेट : बंगलादेशलाई नेपालको १८१ रनको लक्ष्य

काठमाडौं, २५ कात्तिक । नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशलाई १ सय ८१ रनको लक्ष्य दिएको छ मलेसियाको क्वालालमपुरस्थित किनरारा एकेडेमीको ओभल मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा एक सय ६७ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित भएको थियो त्यसपछि डकवर्थ लुइस नियमका आधारमा बंगलादेशलाई ४० ओभर १ बलमा एक सय ८१ रनको लक्ष्य दिइएको हो । सुरुमा पनि वर्षाका कारण ढिला गरी सुरु भएको खेल ४३ ओभरमा झारिएको थियो । बंगलादेश अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?