शेयर बजारमा आज पनि सुधार देखियो

लोकपथ
0
Shares

काठमाडौं । निरन्तर ओरालो लागी बुधबार सुधार देखिएको शेयर बजार आज पनि सुधार देखिएको छ ।

अघिल्लो कारोबार दिन ४४ अंकले बढेको शेयर बजार आज ८ दशमलव ७८ अंकले वृद्धि भएको हो । योसँगै बजार बिन्दु बढेर २ हजार ६ सय ६१ पुगेको छ ।

शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कारोबारमा समेत केही सुधार देखिएको छ । कुल ८९ लाख ६४ हजार २ सय २३ कित्ता शेयर कारोबार भएको हो ।

नेप्सेका अनुसार आज कुल ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७ सय रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये १०७ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि, १५३ कम्पनीको शेयर मूल्य घट्दा १३ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

कारोबारमा आएकामध्ये उप्पर लोहोरे खोला हाइड्रो, कलंगा हाइड्रो, स्नो रिभर लिमिटेड, सनीगाड हाइड्रो लगायतका शेयरमा लगानी गर्नेहरुले धेरै कमाएका छन् । त्यस्तै १० प्रतिशत एनआईसी एशिया डिबेन्चर, भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?