ठमेलमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा पाँच विदेशी महिला पक्राउ

लोकपथ
427
Shares

काठमाडौं । ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील गतिविधिका लागि मोलमोलाइ गर्दै हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ हो ।

पक्राउ पर्नेमा चार जना युगान्डाका नागरिक र एक जना इन्डोनेसियाली नागरिक रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा पक्राउ परेका महिलाले प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए ।

घटनापछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?