काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् ।
पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा शपथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यले शपथ लिनेछन् ।
शपथपछि केन्द्रीय समिति बैठक पनि बस्ने तयारी गरिएको छ । बैठकमा मनोनित पदाधिकारी र केन्द्रीय सदस्यबारे छलफल हुने जनाइएको छ ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको थियो । महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । उनले भने भरतपुरमै शपथ लिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया