काठमाडौं । नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूका लागि सिंगापुरको भिसा आवेदन प्रक्रिया सहज बनाउँदै काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजलाई आधिकारिक भिसा एजेन्टको मान्यता प्रदान गरिएको छ । दिल्लीस्थित सिंगापुर उच्चायोगले सोमबार एक विज्ञप्तिमार्फत रुप्से होलिडेजलाई आगामी दुई वर्षका लागि भिसा अप्लाई गर्ने अधिकार प्रदान गरेको हो ।
सोमबार दिल्लीस्थित सिंगापुर हाई कमिसन र नेपालको रुप्से होलिडेजबीच आधिकारिक एजेन्टका रूपमा सम्झौता भएको छ । रुप्से होलिडेजका तर्फबाट जनरल म्यानेजर सरोज कार्की दिल्लीस्थित सिंगापुर हाई कमिसन पुगेर एमओयूमा हस्ताक्षर गरेका छन् ।
यसअघि नेपालमा रहेका भारतीय नागरिकहरूले सिंगापुर जानुपर्दा भिसा आवेदनकै लागि दिल्लीस्थित सिंगापुर उच्चायोग धाउनुपर्ने बाध्यता थियो । तर अब काठमाडौं उपत्यकालगायत नेपालका कुनै पनि स्थानमा रहेका भारतीय नागरिकहरूले रुप्से होलिडेजमार्फत सहजै सिंगापुरको भिसाका लागि आवेदन दिन सक्ने भएका छन् ।
यसबारे रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले भने, ‘सिंगापुर उच्चायोगबाट प्राप्त यो आधिकारिक जिम्मेवारीप्रति हामी गौरवान्वित छौँ । नेपालस्थित भारतीय समुदायलाई अब भिसाका लागि दिल्ली पुग्नुपर्ने झन्झटबाट मुक्ति दिलाउन पाउँदा हामी हर्षित छौँ । हाम्रो अनुभवी टोलीले पूर्ण व्यावसायिकताका साथ छिटो र पारदर्शी भिसा सेवा उपलब्ध गराउनेछ ।’
रुप्से होलिडेज आउटबाउण्ड टुर सञ्चालनका लागि नेपालमा परिचित ट्राभल एजेन्सी हो । कम्पनी विशेषगरी भियतनाम, थाइल्याण्ड, बाली तथा युरोप भ्रमण प्याकेजका लागि चर्चित रहेको छ ।
काठमाडौंको हात्तीसारमा रहेको यसको मुख्य कार्यालयबाट अब भारतीय नागरिकहरूले सिंगापुरको पर्यटक भिसा, व्यावसायिक भिसालगायतका सेवा लिन सक्नेछन् ।
सिंगापुर भिसा आवेदनसम्बन्धी थप जानकारीका लागि इच्छुक भारतीय नागरिकहरूले रुप्से होलिडेजको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न वा कम्पनीको आधिकारिक वेबसाइट हेर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया