हिजो बढेको सुनचाँदीको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?

लोकपथ
434
Shares

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन–चाँदी दुवैको भाउ घटेको छ । 

आज सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँले घटेर दुई लाख ८२ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार सुन तोलामा चार हजार ७०० रुपैयाँले बढेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी हिजो आइतबार चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । आजको कारोबार मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ कम हो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?