रास्वपा महाधिवेशन : महामन्त्रीमा ५ जना उम्मेदवार, यी हुन् पदाधिकारी लडेका २३ उम्मेदवार

लोकपथ
1.4k
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनको निर्वाचन आज हुँदैछ । सकेसम्म सर्वसम्मतिको प्रयास गरे पनि अन्तिममा कुरा नमिलेका कारण मतदान नै हुन लागेको हो ।

१९ पदाधिकारीमध्ये सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा वालेन्द्र शाह ‘बालेन’ तथा खुला तर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् ।

अन्य ५ पदका लागि भने २३ जनाको उम्मेदवारी परेको छ । जसमा महामन्त्रीको एक पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

जसमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल, विपिनकुमार आचार्य रहेका छन् ।

त्यस्तै खुला तर्फको सहमहामन्त्रीमा २ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । जसमा रमेश प्रसाईँदेखि हिमेश पन्तसम्म परेका छन् । रमेश प्रसाईँ, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजिव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।

त्यस्तै महिला सहमहामन्त्रीको एक पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

जसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डांगी र रिमा विश्वकर्मा रहेका छन् । गत असार ७ गतेबाट सुरु भएको रास्वपा महाधिवेशन आज पनि जारी रहेको छ ।

त्यसो त यसअघि महामन्त्रीका लागि अन्य नेताहरुको समेत उम्मेदवारी परेको थियो । तर आन्तरिक सहमतिपछि अन्य नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?