रास्वपाको ५ पदाधिकारीका लागि २८ जना चुनावी मैदानमा, राजुनाथ पाण्डेदेखि रिमा विश्वकर्मासम्म भिड्दै

लोकपथ
231
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरेको छ ।

उपसभापति, महामन्त्री र सह–महामन्त्रीका विभिन्न क्लस्टरको उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । 

जसअनुसार उपसभापति (महिला) मा दुई जनाको उम्मेदवारी परेको छ । सोबिता गौतम र डा. तोसिमा कार्कीले उपसभापति (महिला) मा उम्मेदवारी दिँदा समीक्षा बास्कोटा भने पछि हटेकी छिन् । 

यसैगरी महामन्त्रीमा १० जनाको उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने महामन्त्रीका लागि कवीन्द्र बुर्लाकोटी, मनिष झा, सागर ढकाल, विपिनकुमार आचार्य, राजुनाथ पाण्डे, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, प्रमोद न्यौपाने, गणेश कार्की र गणेश पराजुलीले 

दुई जना निर्वाचित हुने सह–महामन्त्री (खुला) का लागि ११ जनाले उम्मेदवारी दिएका छन् । यो पदमा सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने र हिमेष पन्तले उम्मेदवारी दिएका छन् । 

यसैगरी, एक जना निर्वाचित हुने सह–महामन्त्री (महिला) का लागि कामिनीकुमारी चौधरी, निशा डाँगी, जुली यादव, जमुना शर्मा (विदुषी) र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् । 

रास्वपाको  पुरुष उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।

पहिलो चरणबाट केन्द्रीय सदस्यहरूको टुंगो लागिसकेपछि पार्टीको माथिल्लो नेतृत्व तह अर्थात् पदाधिकारी चयनका लागि यो दोस्रो चरणको निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर बन्दसत्रमा मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?