एकैदिन ५२ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार २ सय रुपैयाँले गिरावट आएको हो ।

अघिल्लो दिन २ लाख ८३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको । महासंघका अनुसार आज चाँदी प्रतितोला २५० रुपैयाँले गिरावट आएको हो ।

हिजो बुधबार ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?