भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि निरन्तर विद्युतीय मतदान भइरहेको छ ।
असार ७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत मतदान आज बिहान १० बजेसम्म सञ्चालन हुने जनाइएको छ । बिहान ५ः५० बजेसम्म एक हजार ४०० प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।
मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्वाचनमा ३८४ जना उम्मेदवारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै रास्वपाले आगामी संगठनात्मक तथा राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया