काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व चयन प्रक्रिया अझै टुंगिन सकेको छैन ।
तीन दिनका लागि भन्दै आइतबारबाट सुरु भएको महाधिवेशनको नेतृत्वका लागि चौथो पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
यसअघि मंगलबार नै सबै प्रक्रिया पूरा गरि आज बिहानबाटै मतदान गर्ने तयारी गरिएको थियो । तर अझैसम्म महाधिवेशन प्रतिनिधिहरुको नामावली नै प्रशासन गर्न नसकिएको हो ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार आजै अपरान्ह ५ बजे महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
उम्मेदवारहरुको प्रारम्भिक नामावली बुधबार दिउँसो साढे ३ बजे नै प्रकाशन गरिएको जनाइएको छ ।
उम्मेदवारहरुको विरुद्ध परेका दाबी विरोधका लागि साढे ५ बजेसम्मको समय दिइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुकी साँढे ६ बजेको समय तोकिएको छ । ६ः४५ बजेबाट मौनअवधि सुरु हुने र राति साढे ८ बजेबाट पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुनेछ ।
मतदान सकिएको २ घण्टामा नै अन्तिम परिणाम दिइने रास्वपा महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया