काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ । पछिल्लो कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यतासम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ ।
कार्यतालिकामा जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ ।
यस्तै, नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत असार २० गतेभित्र टुंगो लगाउने भएको छ । अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया