रविको राजनीतिक प्रतिवेदन– पार्टीको मुल सिद्धान्त ‘सामाजिक लोकतन्त्र’ [पूर्णपाठ]

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको मुल सिद्धान्त सामाजिक लोकतन्त्र रहेको स्पष्ट पारेको छ ।

आइतबारबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

आर्थिक सामाजिक परिस्थिति र नागरिकले आश गरेको राज्यको आधारभूत चरित्रको विश्लेषणका आधारमा सामाजिक लोकतन्त्रलाई पार्टीको मुल सिद्धान्त बनाउने बताइएको छ ।

‘संविधान तत्कालीन राजनीतिक शक्तिहरूबिचको सम्झौताको दस्ताबेज हो । जसमा पर्याप्त संशोधनका मागहरू उठिरहेका छन्। अर्थात्, जनचाहनाको दृष्टिले संविधानले सधैँ पूर्णता माग्छ । संशोधनका गुन्जायसहरु हरेक ५/१० वर्षमा देखा परिहाल्छन् । यसरी समय समयमा संशोधन गर्न अपरिहार्य हुने दस्ताबेजलाई ‘वाद’कै रूपमा स्वीकार गर्दा कसरी लक्षमा पुगिएला ? यी जायज प्रश्नहरूमा प्रस्ट जवाफ खोजिरहँदा आज हामी संविधानलाई नै ‘वाद’ वा सिद्धान्तका रूपमा अङ्गीकार गर्न उपयुक्त नहुने निष्कर्षमा पुगेका छौँ । यसको अर्थ संविधानप्रतिको अस्वीकार्यता कदापी होइन । हो चाहिँ के भने, देशको संविधान र दलको नीति, विचार, सिद्धान्त दुई अलग विषयहरू हुन् । र, राजनीतिक रूपमा हालसम्म प्राप्त उपलब्धिको स्थायित्व र सुदृढीकरण, नेपालको वर्तमान आर्थिक सामाजिक परिस्थिति र नागरिकले आश गरेको राज्यको आधारभूत चरित्रको विश्लेषणका आधारमा हामीले सामाजिक लोकतन्त्रलाई पार्टीको मूल राजनीतिक सिद्धान्तका रूपमा अङ्गीकार गर्ने निष्कर्ष निकालेका छौँ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

यसअघि रास्वपाले संवैधानिक समाजवादलाई मुल सिद्धान्त मान्दै आइरहेको थियो ।

पूर्णपाठ हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?