काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिहरुलाई कडा निर्देशन दिएका छन् ।
मंगलबार महाधिवेशनको बन्दसत्र उद्घाटन गर्दै सभापति लामिछानेले योग्य उम्मेदवारलाई मत दिन आग्रह गरे । साथै उम्मेदवारमध्ये ‘यसलाई भोट हाल उसलाई नहाल’ भन्ने व्यक्ति रास्वपा हुन नसक्ने भन्दै कटाक्ष गरे ।
‘निर्वाद रुपमा उम्मेदवारी दिनुहोस् । ती सांसद हुन् ती मन्त्री हुन् । पार्टीको स्थापना कालदेखि नै लागेका हुन् या अस्ति भर्खरै रास्वपामा जोडिएका हुन् कसलाई भोट दिने जिम्मा तपाईँको यसलाई भोट दिनू र उसलाई भोट नदिनू भनेर उर्दी जारी गर्ने मान्छे रास्वपा होइन,’ उनले भने ।
त्यस्तै मतदानमा विवेक प्रयोग गर्न समेत उनको आग्रह रहेको छ ।
रास्वपाले देशभरबाट आएका प्रतिनिधिहरुबाट ५ हजार रुपैयाँ उठाइरहेको छ । तर महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरुलाई असहज भएको भन्दै नसक्नेले त्यो पैसा नतिर्न भनेका छन् । यदी स्वेच्छिक रुपमा कसैलाई तिर्न मन नभएमा नतिर्न र तिरिसकेकालाई फिर्ता लिन मन भए फिर्ता लिन उनको आग्रह छ ।
‘तपाईँले प्रतिनिधिका रुपमा भनेर पार्टीले ५ हजार रुपैयाँ तोकेको छ । त्यो ५ हजारलाई स्वेच्छिक बनाउन चाहन्छु । तिर्न नचाहने साथीहरुले नतिर्दा पनि त्यसको व्यवस्थापन पार्टीले गर्छ,’ उनले भने ।
यसैगरी रविले रास्वपामा स्थापना कालदेखि जोडिएको र भर्खरै जोडिएको भन्ने आधारमा विभेद नगर्न समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया