बल्ल सुरु भयो रास्वपाको बन्दसत्र

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार गर्ने भनिएको थियो । तर प्राविधिक कमजोरीका कारण सोमबार बन्दसत्र सुरु हुन नसक्दा आज मात्र बन्दसत्र सुरु भएको हो ।

रास्वपाका महाधिवेशन प्रतिनिधिहरुको टुंगो नलाग्दा बन्दसत्रका लागि ढिलाइ भएको थियो ।

अहिले चितवनको भरतपुरस्थित गेष्ट हाउस चोकमा महाधिवेशनको बन्दसत्र सुरु भएको हो ।

तर उद्घाटन समारोहमा पुगेका प्रधानमन्त्री समेत रहेका रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ बन्दसत्रमा भने अनुपस्थित रहेका छन् ।

तीन दिन (असार ७, ८ र ९ गते) का लागि महाधिवेशन तोकिएको थियो । तर समय लम्बिँदा असार १० गते अर्थात् भोलिसम्म लम्बिनेछ ।

निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक–एक जना प्रस्तावक अनिवार्य गरिएको छ । सभापतिका लागि ५१ जना समर्थक र २१–२१ जना समर्थक अनिवार्य गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने व्यवस्था गरिएको छ । उनले भने, ‘नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?