विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पार्टीका अनुसार आज दिउँसो २ बजे ललितपुरस्थित च्यासलमा संसदीय दलको बैठक बस्नेछ भने साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केन्द्रीय सचिवालय बैठक आयोजना गरिएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को पछिल्लो अवस्था तथा उपाध्यक्ष विष्णु पौडेल पक्राउ प्रकरणपछि विकसित परिस्थितिबारे छलफल हुने जनाइएको छ ।

यस्तै, पौडेलको पक्राउपछि पार्टीले अपनाउने रणनीति, सरकार र संसद्मा खेल्ने भूमिका तथा आगामी राजनीतिक कार्यक्रमबारे पनि बैठकमा विस्तृत छलफल हुने एमाले स्रोतले जनाएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ मोड लिइरहेका बेला एमालेले एकै दिन संसदीय दल र सचिवालय बैठक बोलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?