काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टी राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र सुशासनप्रति दृढ रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीले आफ्नो जिम्मेवारीलाई अवसरका रूपमा आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गरे ।
उनले महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका नेताहरूले एकता, संगठनभित्र कुनै समूह नरहेको अवस्था तथा सिद्धान्त र निष्ठाप्रति इमानदार रहने प्रतिबद्धता व्यक्त गरेको बताए ।
उनले भने, ‘यो जिम्मेवारी हो, एउटा अवसर पनि हो। त्यसैले गर्दाखेरि हामी यसलाई आत्मसात् गर्दै अगाडि बढिराखेका छौँ। हिजो उद्घाटन समारोहमा सबै नेताहरूले एकताको, सङ्गठनमा कुनै समूह नरहेको, आफ्नो सिद्धान्त र निष्ठा प्रति कति इमानदार रहन्छ भन्ने पार्टी सभापतिले समेत उद्घाटन समारोहका मञ्चबाट उद्घोष गरिसक्नुभयो ।’
झाले पार्टी सभापतिले उद्घाटन समारोहको मञ्चबाट नै संगठनात्मक एकता, सिद्धान्तप्रतिको प्रतिबद्धता र जिम्मेवार राजनीतिक अभ्यासबारे स्पष्ट धारणा राखिसकेको उल्लेख गरे ।
उनका अनुसार रास्वपा आफ्नो मूल मूल्य, आदर्श र राजनीतिक प्रतिबद्धताप्रति अडिग रहँदै संगठन सुदृढीकरण र सुशासनको एजेन्डासहित अघि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया