रास्वपा महाधिवेशन : कुन दलबाट को सहभागी हुँदैछन् ?

लोकपथ
133
Shares

काठमाडौं । आजबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा सुरु हुँदैछ ।

०७९ असार ७ गते पार्टी स्थापना भएको दिनलाई स्मरण गर्दै रास्वपाले असार ७ कै मितिमा प्रथम महाधिवेशन गर्न लागेको हो । त्यसका लागि सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ चितवन पुगिसकेका छन् ।

त्यसो त अन्य राजनीतिक दलका तर्फबाट नेतृत्वलाई उपस्थितिका लागि निमन्त्रण पठाइए पनि केही दल बाहेक प्रतिनिधि पठाउने भएका छन् ।

तर कांग्रेस सभापति गगनकुमार थापा आफैँ महाधिवेशनमा उपस्थित हुनेछन् । यसअघि उपसभापतिलाई प्रतिनिधिका रुपमा पठाउने भनिए पनि अन्तिममा सभापति थापा आफैँ जाने तय भएको हो ।

यता नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट वर्षमान पुन सहभागी हुनेछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट राजेन्द्र लिङ्देन आफैँ सहभागी हुनेछन् ।

यता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि सहभागी नहुने भएका छन् । यसअघि नै अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेनले सीमासम्बन्धी दिएको अभिव्यक्तिका कारण आफू महाधिवेशनमा उपस्थित नहुने बताएका थिए ।

नयाँ नेतृत्व चयनका लागि रास्वपाले चितवनको गेष्ट हाउस चोकमा महाधिवेशन उद्घाटन गर्न लागेको हो । त्यसका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरु त्यहाँ पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?