रसुवागढी भन्सारका स्थायी ११ सहित १४ कर्मचारी सम्पर्कविहीन

लोकपथ
0
Shares

काठमाडौं । भोटेकोशीमा आज बिहान आएको भीषण बाढीका कारण रसुवागढी भन्सार कार्यालयका १४ जना कर्मचारी सम्पर्कविहीन अवस्थामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेका छन् । ११ जना सम्पर्कविहीन छन् ।

यस्तै ४ जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना मात्र सम्पर्कमा छन् । खोज र उद्धार र समन्वय जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?