भोटेकोशीमा ठूलो बाढी, महाशाखाले भन्यो- उच्च सावधानी अपनाउनुहोस्

लोकपथ
0
Shares

काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका प्रमुख वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजे भोटेकोशीमा ठूलो बाढी आएको हो । बाढीका कारण माथिल्लो क्षेत्रमा ठूलो क्षति भएको सूचना प्राप्त भएको उनले बताएका छन् ।

बाढीको असर मुग्लिनसम्म पुग्न सक्ने अनुमान गरिएको छ। त्यसैले नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

पराजुलीले पृथ्वी राजमार्गलगायत त्यस क्षेत्रका सडकमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । देवघाट तथा चितवन र नवलपरासीका नदी किनारका क्षेत्रमा समेत बाढीको असर पर्न सक्ने बताइएको छ ।

बाढी आउनुको कारणबारे अहिलेसम्म स्पष्ट जानकारी नआएको महाशाखाले जनाएको छ । अर्को सूचना नआएसम्म नदी किनारका क्षेत्रमा अति उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?