महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज चितवनको भरतपुरमा बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक दिउँसो १ बजे भरतपुरस्थित होटल सिमटीमा आयोजना गरिएको हो ।

यो बैठक असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बोलाइएको हो ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा महाधिवेशनको अन्तिम तयारी, प्रतिनिधिहरूको व्यवस्थापन तथा आवश्यक अन्य तयारीबारे विस्तृत छलफल हुनेछ ।

बैठकले महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन, पार्टीको विधान संशोधन तथा अन्य आवश्यक विषयमा पनि निर्णय गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?