काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्धको मुद्दाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको हो ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरुमाथिको उक्त अभियोग हटाउन आदेश दिएको हो ।
जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले सुमन खनाल लगायतको जाहेरीका आधारमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोजन पत्र संशोधनका लागि निवेदन दायर गरेको थियो ।
अदालतले लामिछानेविरुद्धको सहकारी ठगीको अभियोग भने यथावत राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया