काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १० हजार ५ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ९७ हजार २ सयमा कारोबार भएको सुन मूल्य आज १० हजार ५ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ सय ५ रुपैयाँले घटेको हो ।
बिहीबार ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ सय ५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया