प्रतिनिधिसभा बैठक आज बस्दै, आठ मन्त्रालयका बजेट शीर्षकमाथि मन्त्रीहरूले जवाफ दिने

लोकपथ
49
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ तथा स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित विभिन्न बजेट शीर्षकमाथि छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गरिनेछ ।

विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहेकाले सम्बन्धित मन्त्रीहरूले आफ्नो मन्त्रालयको नीति, कार्यक्रम र बजेट विनियोजनबारे सांसदहरूले उठाएका विषयमा स्पष्टिकरण दिनेछन् । संसद्को चालु अधिवेशनमा आगामी आर्थिक वर्षको बजेटमाथि विस्तृत छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?