कंगोको ऐतिहासिक प्रदर्शनमा पोर्चुगलसँगको खेल बराबरी

लोकपथ
56
Shares

काठमाडौं । विश्वकपमा पोर्चुगल र कंगोको खेल बराबरीमा सकिएको छ ।

अमेरिकामा भएको खेल १/१ को बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरे । पेड्रो नेटोको पासमा उनले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम समयमा डीआर कंगोका योआन विनेसाले आर्थर मोसाकाओको पासलाई हेरडरमार्फत उत्कृष्ट गोल गर्दै ५२ वर्षपछि विश्वकपमा कंगोको पहिलो गोलको रेकर्ड बनाए ।

खेलको ५५ औँ मिनेटमा पोर्चुगलका जुआओ क्यान्सेलेको सुन्दर एक्रोब्याटिक सटले जाली चुमेको थियो । रेफ्रीले अफसाइड संकेत गरेपछि त्यो गोलमा परिणत भएन ।

विश्वकपमा २३ औँ पटक सहभागी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आजको खेलमा गोल गर्न सकेनन् । खेल बराबरीमा टुंगिएसँगै उनीहरूले १(१ अंक साझा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?