प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने

लोकपथ
49
Shares

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ ।

आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि एकीकृत रूपमा छलफल हुने भएको छ ।

बैठकका क्रममा विभिन्न सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसदहरू गुरु प्रसाद बराल, रमेश कुमार मल्ल, विष्णु माया विक, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्मा कुमारी अर्यालले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सांसद मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको तथा परशुराम तामाङले अर्थ मन्त्रालयको खर्च रकम घटाउन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?