फिफा विश्वकप : बेल्जियम र इजिप्ट बराबरीमा रोकिए

लोकपथ
56
Shares

काठमाडौं । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत बेल्जियम र इजिप्टबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

खेलको पहिलो हाफमा इजिप्टले अग्रता बनाएको थियो। इजिप्टका इमाम असुरले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याएका थिए ।

तर दोस्रो हाफमा बेल्जियमले खेलमा पुनरागमन गर्‍यो। इजिप्टका मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमै टुंगिएको हो । बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?