फिफा विश्वकप : ब्राजिलविरुद्ध मोरक्कोको उत्कृष्ट प्रदर्शन, खेल बराबरीमा टुंगियो

लोकपथ
84
Shares

काठमाडौं । ब्राजिल र मोरक्कोबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

समूह चरणअन्तर्गत आइतबार भएको खेलमा मोरक्कोले सुरुआती अग्रता लिए पनि ब्राजिलले त्यसको जवाफ फर्काउँदै अंक बाँड्न सफल भएको हो ।

खेलको २०औँ मिनेटमा मोरक्कोका खेलाडी इस्माइल सैबारीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर त्यसको ११ मिनेटपछि ब्राजिलका खेलाडी भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।

पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरे पनि दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल बराबरीमै टुङ्गिएको हो ।

ब्राजिल र मोरक्कोबीच विश्वकपमा यो दोस्रो भेट हो । यसअघि सन् १९९८ मा भएको खेलमा ब्राजिलले मोरक्कोलाई ३–० गोलले पराजित गरेको थियो । यसपटक भने मोरक्कोले सशक्त प्रदर्शन गर्दै ब्राजिललाई बराबरीमा रोक्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?