चुनावी नतिजाले निराश छैनौँ, पार्टीलाई देशव्यापी बनाउँछौँ : कुलमान घिसिङ

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआए पनि आफूहरूले हार नमानेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनको नतिजालाई अनुभव र सिकाइका रूपमा लिएको बताए । उनले उक्त निर्वाचन सफलताको यात्रामा पहिलो खुट्किलो भएको उल्लेख गर्दै पार्टीलाई थप सुदृढ र देशव्यापी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घिसिङले जनताबाट प्राप्त विश्वास र माया कायम रहेको दाबी गर्दै त्यसलाई आगामी दिनमा पार्टीको मुख्य शक्तिका रूपमा रूपान्तरण गरिने बताए ।

उनले पार्टी संगठन विस्तारमा जोड दिँदै सदस्यता वितरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । साथै, जनतामाझ पुगेर पार्टीको आधार बलियो बनाउन सबै तहका कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?