काठमाडौं । हिमालयन रि इन्स्योरेन्स घोटाला प्रकरणमा काठमाडौं जिल्ला अदालतमा ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको हो ।
हिमालयन रि इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ गायब भएको पाइएपछि सुरु भएको अनुसन्धानमा विवादित व्यापारी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा, राजबहादुर सिंह, भृकुटी स्टक ब्रोकिङका अध्यक्ष सन्दीपकुमार चाचन अग्रवाल लगायतको मिलेमतोमा व्यक्तिलाई फाइदा पुर्याइ रि इन्स्योरेन्स कम्पनीलाई हानी पुराउने गरी सेयर कारोबार भएको पाइएको थियो ।
प्रारम्भिक छानबिनमा कैफियत पाइएपछि बीमा प्राधिकरणले उक्त विषयको थप छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्र पठाएकामा सोही पत्रको आधारमा अनुसन्धान हुँदा ४२ व्यक्तिहरूको संलग्नतामा हिमालयन रि इन्स्योरेन्सको सम्पत्तिमा व्यक्तिको रजाइँ रहेको र कम्पनीलाई नै हानी पुराउने गरी सेयर खरिद विक्री भएको पाइएको थियो ।
बिहीबार काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दा अनुसार व्यवसायी दीपक भट्ट लगायतका व्यक्तिले हिमालयन रि इन्स्योरेन्सको रकम लगी सुरुमा आफूहरूका लागि सेयर खरिद गरेको र सस्तो मूल्यमा किनिएका विभिन्न कम्पनीका सेयरहरू पछि हिमालयन रि इन्सुरेन्स कम्पनीलाई नै विक्री गरेको देखिएको हो । हिमालयन रि इन्स्योरेन्सको रकमले नै सस्तोमा हिमालयन रि इन्स्योरेन्सको सेयर खरिद गरी पछि सोही सेयर महँगोमा मूल्यमा कम्पनीले नै किनेको पाइएको हो । यसबाट हिमालयन रि इन्सुरेन्स कम्पनीलाई कम्तीमा ७२ करोड रुपैयाँ घाटा भएको पाइएको थियो ।
विस्तृत अनुसन्धानले यो प्रकरणमा विवादित व्यापारी दीपक भट्टसहित ४२ व्यक्तिहरूको संलग्नता रहेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।
यी हुन्, मुद्दा दायर गरिएका ४२ व्यक्ति र उनीहरूको भूमिका वा आबद्धता ।
१. आशिष श्रेष्ठ
गोविन्दलाल श्रेष्ठको नाति, जितेन्द्र लाल श्रेष्ठको छोरा, बागमती प्रदेश, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१ मिनभवन बस्ने, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष, वर्ष ४६ ।
२. शेखर गोल्छा
राजलाल गोल्छाको नाति, हुलासचन्द्र गोल्छाको छोरा, बागमती प्रदेश, काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. ८ बस्ने, हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष, वर्ष ५९ ।
३. सुभाष बहादुर श्रेष्ठ
गजेन्द्र बहादुर श्रेष्ठको छोरा, काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने, हिमालय सेक्युरिटी बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, वर्ष ४८ ।
४. दीपक भट्ट
चतुर्भुज भट्टको छोरा, सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अजयमेरु गाउँपालिका वडा नम्बर ३ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २ बस्ने, इन्फिनिटी होल्डिङ्स प्रालिका सञ्चालक अध्यक्ष, वर्ष ४५ ।
५. सुलभ अग्रवाल
शंकरलाल अग्रवालको छोरा, काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन सञ्चालक अध्यक्ष, वर्ष ४८ ।
६. उपासना पौडेल
तुलसी पौडेलकी नातिनी, अनन्तनाथ पौडेलकी छोरी, काठमाडौं महानगरपालिका वडा नं. १४, कालीमाटी बस्ने हिमालयन रि-इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत, वर्ष ४० ।
७. मृगेन्द्र नाथ रिमाल
सुरेन्द्रनाथ रिमालको छोरा, काठमाडौं महानगरपालिका वडा नं. ५, सिफल बस्ने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, वर्ष ७३ ।
८. सिद्धान्त झुनझुनवाला
सुभाष कुमार झुनझुनवालाको छोरा, जनकपुर उपमहानगरपालिका वडा नं. १, धनुषा स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१, बानेश्वर बस्ने, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य, वर्ष २९ ।
९. लतिका गोल्यान
रत्नलाल आर्याकी छोरी, काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य, वर्ष ४३ ।
१०. सुनिता श्रेष्ठ
लालकाजी श्रेष्ठकी छोरी, काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नं. ८ स्थायी ठेगाना रही नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य, वर्ष ३९ ।
११. अनुप मालाकार
बद्री मालाकारको छोरा, बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बस्ने, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य, वर्ष ४५ ।
१२. बद्री सिग्देल
चिरञ्जीवी सिग्देलको छोरा, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्ला, साबिक सिन्धुकोट वडा नं. १ हालको मेलम्ची नगरपालिका वडा नं. ५ बस्ने, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य, वर्ष ३९ ।
१३. प्रविना दाहाल
शालिग्राम दाहालको छोरी, कोशी प्रदेश, मोरङ जिल्ला, साबिक विराटनगर वडा नं. १५ हालको विराटनगर उपमहानगरपालिका वडा नं. ११ स्थायी ठेगाना भएकी, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य तथा लगानी समिति अध्यक्ष, वर्ष ४५ ।
१४. सुजल मल्ल
कृष्णबहादुर मल्लको छोरा, बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका लगानी समिति सदस्य, वर्ष ३३ ।
१५. अमित मोर
सतिशकुमार मोरको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने, हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका सञ्चालक, वर्ष ४२ ।
१६. साहिल अग्रवाल
शंकरलाल अग्रवालको छोरा, बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने, हिमालयन रि-इन्स्योरेन्स लिमिटेड सञ्चालक समिति सदस्य तथा लगानी समितिका संयोजक, वर्ष ४६ ।
१७. रोहित गुप्ता
रमेश गुप्ताको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने, हिमालयन रि-इन्स्योरेन्स लिमिटेड सञ्चालक समिति सदस्य, वर्ष ४० ।
१८. राजीव मोर
राजकुमार मोरको छोरा, बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने, हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका सञ्चालक, वर्ष ३२ ।
१९. शुभेच्छा खरेल
भूषण खरेलको छोरी, बागमती प्रदेश, काभ्रेपलान्चोक जिल्ला, साबिक खरेलथोक वडा नं. १ हालको पाँचखाल नगरपालिका वडा नं. ११ बस्ने, हिमालयन रि-इन्स्योरेन्स लिमिटेडकी सञ्चालक, वर्ष ३६ ।
२०. सुभाष कुमार झुनझुनवाला
जगदीशप्रसाद माडवारी झुनझुनवालाको छोरा, मधेस प्रदेश, धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१, बानेश्वर बस्ने, हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका सञ्चालक, वर्ष ५९ ।
२१. मनीष कुमार
दिवाकर मिश्राको छोरा, देश भारत, बिहार राज्य, लक्ष्मीसागर, युनिभर्सिटी थाना, दरभंगा, मिथिला हाउजिङ-२ घर भई हाल डी–१४, सिल्भर सिटी अपार्टमेन्ट, कालिकास्थान, काठमाडौं बस्ने, हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका लगानी समिति सदस्य, वर्ष ५७ ।
२२. दीपककुमार श्रेष्ठ
गोकुलमान श्रेष्ठको छोरा, बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १६, खाछें बस्ने, हिमालय सेक्युरिटिज बैंकर लिमिटेडका सञ्चालक अध्यक्ष, वर्ष ६३ ।
२३. सिताराम वाग्ले
होमप्रसाद वाग्लेको छोरा, बागमती प्रदेश, भक्तपुर जिल्ला, साबिक कटुञ्जे गाविस वडा नं. ८ हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ बस्ने, हिमालय सेक्युरिटिज बैंकर लिमिटेडका सञ्चालक, वर्ष ४२ ।
२४. आकांक्षा गुप्ता
महेश खण्डेलवालकी छोरी, सुशिल गुप्ताकी श्रीमती, बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने, हिमालय सेक्युरिटिज बैंकर लिमिटेडकी सञ्चालक, वर्ष ४२ ।
२५. शिशिर गैह्रे
दामोदरप्रसाद गैह्रेको छोरा, गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, वालिङ नगरपालिका वडा नं. ३ बस्ने, हिमालयन क्यापसर्भ लिमिटेडका अध्यक्ष, वर्ष ४५ ।
२६. रितेश प्रधान
दीपक प्रधानको छोरा, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्ला, साबिक चौतारा–४ हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ बस्ने, हिमालयन क्यापिसर्भ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, वर्ष ४३ ।
२७. कपिल कुमार दाहाल
गोविन्दप्रसाद दाहालको छोरा, मधेस प्रदेश, सर्लाही जिल्ला, सर्लाही–४ वतन भई हाल काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल, रुद्रमती मार्ग बस्ने, हिमालयन इन्भेस्टमेन्ट बैंकरका सञ्चालक अध्यक्ष, वर्ष ४७ ।
२८. राजन प्रसाद अधिकारी
छवि प्रसाद अधिकारीको छोरा, कोशी प्रदेश, खोटाङ जिल्ला, साबिक सिम्पानी–१ हाल खोटेहाङ गाउँपालिका वडा नं. ८ स्थायी ठेगाना भई हाल टोखा नगरपालिका वडा नं. ३ बस्ने, हिमालयन इन्भेस्टमेन्ट बैंकरका सञ्चालक सदस्य, वर्ष ५३ ।
२९. विदुर पुरी
कृष्णबहादुर पुरीको छोरा, बागमती प्रदेश, मकवानपुर जिल्ला, साबिक सिस्नेरी–८ हाल इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ बस्ने, वर्ष ५३ ।
३०. बिन्दु घिमिरे
डिल्लीप्रकाश घिमिरेकी छोरी, कोशी प्रदेश, मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. १३ स्थायी ठेगाना भएकी, हिमालयन इन्भेस्टमेन्ट बैंकरकी सञ्चालक सदस्य, वर्ष ४५ ।
३१. नारायणकुमार अधिकारी
सनतकुमार अधिकारीको छोरा, गण्डकी प्रदेश, लमजुङ जिल्ला, चन्द्रेश्वर वडा नं. ७ हाल सुन्दरबजार नगरपालिका वडा नं. ३ बस्ने, हिमालयन इन्भेस्टमेन्ट बैंकरका सञ्चालक सदस्य, वर्ष ४१ ।
३२. उत्सव प्रधानाङ्ग
मोहन भगत प्रधानाङ्गको छोरा, कोशी प्रदेश, तेह्रथुम जिल्ला, म्याङलुङ वडा नं. १ बस्ने, हिमालयन इन्भेस्टमेन्ट बैंकरका सञ्चालक सदस्य, वर्ष ३६ ।
३३. सुमेर शमशेर ज.ब.रा.
दिलीप शमशेर ज.ब.रा.को छोरा, बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने, हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक, वर्ष ४३ ।
३४. सुभाष पौडेल
भरतप्रसाद पौडेलको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने, हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य, वर्ष ४२ ।
३५. शालिनी संघाई
तरुन कुमार संघाईकी छोरी, प्रविण सारावगीकी श्रीमती, बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १३ बस्ने, हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडकी लगानी सदस्य, वर्ष ३५ ।
३६. प्रतीक जोशी
पिताम्बर जोशी जैशीको छोरा, लुम्बिनी प्रदेश, रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ७ बस्ने, हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य, वर्ष ३० ।
३७. सन्दीप चाचान अग्रवाल
नन्दकिशोर अग्रवालको छोरा, बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. ३ हाल भरतपुर महानगरपालिका वडा नं. ३ वतन भई हाल ललितपुर महानगरपालिका वडा नं. २३ बस्ने, भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिका कार्यकारी अध्यक्ष, वर्ष ५२ ।
३८. शुभी अग्रवाल
सुरेश चन्द्र खण्डेलवालकी छोरी, बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने, वर्ष ४८ ।
३९. ऋषिराज मोर
श्रवण कुमार मोरको छोरा, बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष, वर्ष ३९ ।
४०. राज बहादुर शाह
विजय कुमार शाहको छोरा, बागमती प्रदेश, ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं. १ बस्ने, वर्ष ५० ।
४१. शरद ओझा
तारानाथ ओझाको नाति, द्विजराज ओझाको छोरा, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. ८ वतन भई हाल भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं. ३, बालकोट बस्ने, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष, वर्ष ३४ ।
४२. मदन दाहाल
लक्ष्मीप्रसाद दाहालको नाति, माधवप्रसाद दाहालको छोरा, कोशी प्रदेश, झापा जिल्ला, भद्रपुर नगरपालिका वडा नं. ७ वतन भई हाल काठमाडौं महानगरपालिका वडा नं. ४, चण्डोल बस्ने, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष, वर्ष ५५ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया