काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ५ एजेन्डासहित ‘बृहत् युवा भेला’ आयोजना गर्ने भएका छन् ।
पार्टीको आन्तरिक राजनीति तथा समसामयिक विषयमा छलफल गर्ने उद्देश्यसहित इतर समूहका युवाहरूले जेठ ३० गते उक्त भेला गर्न लागेका हुन् ।
काठमाडौंको सुकेधारास्थित दवदुर्गा पार्टी भेन्युमा आयोजना हुने भेलामा सहभागीहरूले पार्टी संगठन, नेतृत्व, नीति तथा आगामी राजनीतिक दिशाबारे केन्द्रित छलफल गर्ने तयारी गरिएको छ ।
नेताहरूका अनुसार भेलाका लागि ५ वटा प्रमुख एजेन्डा तय गरिएको छ, जसमा संगठन सुदृढीकरण, युवा सहभागिता विस्तार, आन्तरिक लोकतन्त्र, समसामयिक राजनीतिक चुनौती तथा आगामी रणनीतिसम्बन्धी विषयहरू समेटिएका छन् ।
नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले पछिल्लो समय युवा पुस्तालाई सक्रिय बनाउँदै संगठनात्मक बहसलाई तीव्र बनाउँदै आएको छ ।
दवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने उक्त भेलालाई पार्टीभित्रको आगामी शक्ति सन्तुलन र वैचारिक बहसका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया