कोइराला भेषराज
सार्वजनिक नदी किनार खाली किन गरिस् जो जहाँ थिए त्यहीँ छोड,
कार्यकर्ता उत्पादन गर्ने कारखाना किन भत्काइस् तत्काल जोड ।
तस्कर विचौलिया पक्राउ गर्दै नगर, अर्थतनत्रले लिएन रे गतिलो मोड
बरु देश भाँड मै जाओस् ए सरकार, तेरो सुशासनको लेन मोड
न्यायालयको गौरवपूर्ण सिण्डिकेटको परम्परा तोड्दै नतोड,
राजनीतिकरण भएको देख्ने तेरो आँखा अन्तैतिर मोड ।
छक्कापन्जा गरी दुखले पाएको पदबाट मुक्त गर्न नगर है जोडतोड,
बरु देश भाँडमै जाओस् ए सरकार तेरो सुशासनको लेन मोड ।
कर्मचारी, शिक्षकलाई राजनीतिबाट अलग गरी कामतिर नजोड,
सुशासन, कुशासन जे जो हुने हो होस्, तर पार्टीसँग हाम्रो दोस्ती नतोड ,
पार्टीको भ्रातृ संस्था बनेकै छौँ तँ सँग पनि तयारै छौँ गर्नलाई गठजोड,
बरु देश भाँड मै जाओस् ए सरकार तेरो सुशासनको लेन मोड ।
कलेजमा गर्ने नै राजनीति हो राजनीति बन्द गर्ने कुरामा किन गर्छस् जोडतोड ?
राजनीति बिना कसरी गर्नु कलेजभित्र गुण्डागर्दी र तोडफोड ?
राजनीति र गुण्डागर्दी बिनाको शिक्षाले जीवनमा ल्याउँदैन नयाँ मोड,
त्यसैले, बरु देश भाँड मै जाओस् ए, सरकार तेरो सुशासनको लेन मोड ।।
यो पनि…
कविता : …तर खै दुई तिहाइ के हेरि बस्छ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया