अब नेपाल–भारतबिच रकम भुक्तानी सहज, यसरी गर्न सकिन्छ कारोबार

लोकपथ
133
Shares
एआई तस्बिर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन MBL M–Smart मार्फत नेपाल–भारत नेपाल Real-Time Cross Border Transfer सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवाले नेपाल र भारतबिच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति (P-to-P) रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरेको हो ।

उक्त सेवाले दुई छिमेकी मुलुकबिचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा लिएको बैंकले जनाएको छ ।

यस सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकहरूले भारतमा उपलब्ध एकीकृत भुक्तानी प्रणालीसँग सम्बन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूको सहज रुपमा बैंक खातामा रकम पठाउन सक्नेछन् । र उक्त रकम लाभग्राहीको खातामा तत्कालै जम्मा हुने बताइएको छ ।

त्यसैगरी, नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि MBL M–Smart एप्लिकेसनमा उपलब्ध Cross Border Transfer सुविधाको प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन् ।

बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डहरूलाई पालनमा उच्च प्राथमिकता दिएको जनाएको छ ।

यो पहलले नेपाल र भारतबिचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवद्र्धन गर्नुका साथै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?