काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा र ८ जनाको पदस्थापन गरेको छ ।
जसअनुसार, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विकास घिमिरे, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा जनक पुरीलाई सरुवा गरिएको छ । यस्तै यादव विश्वकर्मालाई हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरा, टोपबहादुर खनाललाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ, अशोककुमार बमलाई खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौं सरुवा गरिएको छ ।
यसैगरी, दीपककुमार थापालाई प्रबन्ध महाशाखालाई पदस्थापन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया