काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री रहेका डा. धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
केही दिनअघि विज्ञप्ति जारी गर्दै राणाले आफू राप्रपामा नरहेको घोषणा गरेका थिए ।
आज सामूहिक विज्ञप्ति जारी गर्दै शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्यागको घोषणा गरेका हुन् ।
त्यसरी परित्याग गर्नेहरुमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत रहेका छन् ।
केही समयदेखि राप्रपाभित्र आन्तरिक विवाद चुलिँदो छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनमाथि विभिन्न आरोप लगाउँदै १८३ जनाले पार्टी छाडेको घोषणा गरेका हुन् । लिङ्देनले राजसंस्थाको मुद्दालाई ओझेलमा पारेको समेत आरोप लगाइएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया